काठमाडौं ।

कर फर्छ्यौंट आयोगमार्फत २० अर्ब बढी राजश्व हिनामिना गरेको आरोपमा अख्तियारले छानविन गरिरहेका चुडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थुनामुक्त हुन तीन अर्ब रुपैयाँ धरौटी माग गरेको छ ।

अख्तियारले जानकारी लिन बोलाएका शर्मालाई जथाभावी राजस्व मिनाहा दिएको पाइएपछि नियन्त्तणमा लिइर राखेको छ ।

गत जेठ १९ गते पक्राउ परेका शर्मालाई हिरासतमुक्त हुन अख्तियारले विहीबार तीन अर्ब रुपैयाँ धरौटी माग गरेको हो ।

अख्तियारले मागेको धरौटी रकम अहिलेसम्मकै ठूलो हो । अख्तियारले मागेको रकम धरौटी बुझाएमा शर्मा हिरासतमुक्त भएर मुद्दा लड्न सक्छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको मुद्धाको अनुसन्धानलाई भने जारी राखेको र अहिले सम्मको अनुसन्धानको आधारमा ३ अर्ब धरौटी राखेर थुना मुक्त गर्न सकिने प्रस्ताव गरेको अख्तियारको उच्च स्रोतले जनाएको छ ।

17.16¡ÆC