धरानमा भेटिएको संकास्पद बस्तु सेनाद्वारा निष्क्रिय

असार १३, २०७४ मा प्रकाशित | 860 views

सुनसरी ।

धरान–१५ साम्पाङ चौकमा दुई ठाउँमा आज बिहान फेला परेको बम जस्तै संकास्पद बस्तु फेला नेपाली सेनाको बम बिस्पोजल टोलिले निस्कृय पारेको छ ।

चौकमा दुई ठाउमा झोलामा ‘यो बम होे,खतरा छ’ लेखिएको भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

नेपाली सेनाको कालिबक्स गणबाट आएको टोलिले सो बस्तुलाई निस्कृय पारेको इलाक प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।

हिजो विहान पनि धरान उमनपा –११ मा रहेको नेकपा एमालेका मेयरका उमेद्वार तारा सुब्बाको घरको कम्पाउण्ड भित्रे सुतली बम बिष्फोट भएको थियो । घटना कस्ले गरेको अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web