तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

कार्तिक ११, २०८३ मा प्रकाशित | 4 views

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

काठमाडौँ । यसपालिकाे तिहारमा काठमाण्डाै उपत्यकामा झन्डै ५२ लाख वटा फूलका माला खपत हुने फ्लाेरिकल्चर एसाेसिएशन नेपालले अनुमान गरेको छ ।

फ्लोरिकल्चर एसोसिएशनले आज पत्रकार सम्मेलन आयाेजना गरेर तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र थरीथरी फूलका ६० हजार माला खपत हुने जनाएको हाे ।

एसोसिएशनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार ५२ लाखमध्ये ४० लाख अर्थात् झन्डै ७७ प्रतिशत माला स्वदेशी उत्पादनबाटै तयार हुने अपेक्षा छ । ५२ लाख फूलका मालाका लागि झन्डै ४८ कराेड रुपैयाँकाे काराेबार हुने उहाँले जानकारी दिनुभयाे ।

एसोसिएशनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ ।

मेलामा सेल्फीसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । झन्डै ३९ हजार जनाले मेला अवलोकन गर्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web