अब देशभरका लामो छोटो दूरीका सवारीमा इन्टरनेट सेवा

असार १२, २०७४ मा प्रकाशित | 1315 views

काठमाडौं ।

मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुले अब सहज रुपमा इन्टरनेट सेवा प्रयोग गर्न सक्ने भएका छन् ।

नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बसलगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सञ्चालनको सोमबार शुभारम्भ भएको छ ।

एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ गर्दै नेपाल टेलिकमकी व्यावसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले लामो तथा छोटो दुरीका वसका यात्रुहरुले यात्राका क्रममा वाइफाइ मार्फत निःशुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताउनु भयो ।

एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने छ । यसका लागि बस कम्पनीहरुले साइवरनेटीक्स प्रा। ली। सँग सम्पर्क गरी सो सुविधा प्राप्त गर्नुपर्छ ।

यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्डसहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web