लागुऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि

असार १२, २०७४ मा प्रकाशित | 1224 views

काठमाडौं ।

नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या वर्षेनी बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या बढेको जानकारी दिइयो ।

गृह मन्त्रालयकाअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो । २०६३ सालको तुलनामा यो झन्डै ४५ हजारले बढी हो ।

त्यस अवसरमा सहरी विकासमन्त्री प्रभु शाहले लागुऔषध नियन्त्रणका लागि समाजका सबै पक्ष सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

गृहसचिव लोकदर्शन रेग्मीले लागूऔषध प्रयोग नियन्त्रण गर्न गृह मन्त्रालयले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले विश्वमा ३० करोड जनसंख्या अवैध लागुपदार्थ प्रयोगकर्ता रहेको जानकारी दिनुभयो ।

मन्त्रालयले सन् २०११ देखि २०१६ सम्म लागुऔषध प्रयोग गरी जेल पर्नेको सङ्ख्या १५ हजार ४९३ पुगेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web