कैलाली ।

असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै कैलाली स्थित नेपालभारत सिमानाका आज देखि बन्द गरिएको छ ।

कैलाली सदरमुकाम धनगढीसंगै जोडिएको त्रिनगर गौरीफन्टा सिमानाका सहित सबै छोटी सिमानाका बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले आज (१२ गते) देखि असार १५ गते बिहान ५ सम्मका लागि सबै सिमानाकामा आवागमन बन्द गरिएको बताउनु भयो ।

निर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द

बुटवल ।

पर्सी हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनलाई मध्यनजर गरी रुपन्देहीको मर्चवारस्थित कालीदह सीमानाका आज बिहान ९ बजेदेखि बन्द गरिएको छ ।

यस नाकाबाट बिहानदेखि गाडी आवत जावत पुर्ण रुपमा रोकिएपनि काम विशेषले भारत गएकाहरुलाई परिचयपत्रका आधारमा मतदानका लागि पैदल आउने व्यवस्था मिलाइएको छ ।

यस क्षेत्रकै मुख्य नाका बेलहीया सुनौली भने राति १० बजेदेखि मात्रै बन्द गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले जानकारी दिनुभयो ।

19.28¡ÆC