राजपा निर्वाचनमा सहभागी हुनु सकारात्मक ः ओली

असार १०, २०७४ मा प्रकाशित | 947 views

विराटनगर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीले स्वतन्त्र उमेदवारी दिएर दोश्रो तहको चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुनु सकारात्मक रहेको बताउनुभएको छ  ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले विभिन्न परिस्थितिका कारण राजपाले स्वतन्त्र उमेदवारी दिनुपर्ने अवस्था आएको भन्दै निर्वाचनमा सबैको सहभागिता हुनु राम्रो पक्ष भएको बताउनुभयो ।

उहाँले निषेधको राजनीति गरेर कसैलाई फाइदा नपुग्ने भएकाले आफूलाई सच्याएर लोकतान्त्रिक बाटोमा आउन राजपालाई आग्रह गर्नुभयो ।

आजै मोरङको उर्लाबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नै अध्यक्ष ओलीले विकास निर्माण र जनताका पक्षमा रहेका उमेदवारलाई मत दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web