जापानले स्याटलाईट सूचना अनुसार उत्तर कोरियाले मिसाइल हाने बच्ने उपाय सिकाउन थाल्यो

असार १०, २०७४ मा प्रकाशित | 2204 views

टोकियो ।

जापानले उत्तर कोरियायाट मिसाइल आक्रमण भएमा बच्ने उपायहरु सिकाउन थालेको छ ।

छिमेकी उत्तर कोरियासँग सत्रुतापूर्ण सम्वन्ध तथा उत्तरले लगातार मिसाइल परीक्षण गरिरहँदा नागरिकहरुलाई कसैगरि मिसाइल आक्रमण वा खस्न गएमा बच्ने उपाय टेलिभिजनबाट सिकाउन थालेको हो ।

हरेक शुक्रबार ३० सेकेण्डको मिसाइल आक्रमणबाट बच्ने उपाय देशभर राष्टिय तथा स्थानिय टेलिभिजनमार्फत प्रशारण थालेको हो ।

४३ मुख्य र स्थानिय टेलिभिजन मार्फत मिसाइल आक्रमणबाट कसरी सुरक्षित रहन सकिन्छ र कसरी आत्मरक्षा गर्ने भन्ने सन्देश दिन थालिएको जापानटाइम्सले उल्लेख गरेको छ ।

स्याटलाईट सिस्टमका आधारमा उत्तर कोरियाले परिक्षण गरेका मिसाइलबारे जानकारी तथा जापानी भूमिमा आएमा तत्काल त्यस्ता सूचना प्रवाह गर्ने प्रविधि सहित यस्तो सूचना प्रकाशन प्रशारणको थालनी गरेको हो ।

यसरी प्रकाशित सूचनामा घर भित्र रहेमा कसरी तथा बाहिर रहेमा कसरी सुरक्षित रहने भन्ने जानकारी दिइने जापानी अधिकारीहरुले बताएका छन् ।

यसैबिच जापानले सर्वसाधारण नागरिकहरुकै अगाडी उनिहरुको मनोबल बढाउनको लागि भन्दै मिसाइल प्रतिरक्षा प्रणालीको प्रदर्शन गरेको छ ।

जापानको वायु आत्मरक्षा वलले पीएसी–थ्री नामक क्षेप्यास्त्र प्रतिरोधी मिसाइलको प्रदर्शन बुधवार टोकियो महानगर क्षेत्रमा गरेको हो ।

पीएसी–३ प्रणालीको मोबाइल लञ्चर तथा राडारसहित ९ वटा बहानलाई परिक्षणमा सहभागि गराइएको र सो अवसरमा सयौं नागरिकहरुलाई खुल्ला रुपमा अवलोकन गर्न दिइएको थियो ।

पछिल्लोसमय उत्तर कोरियाले लगातार मिसाइलहरु परिक्षण गरिरहँदा तथा जापानी समुन्द्र क्षेत्रमा त्यस्ता मिसाइल खसेको समाचारहरु प्रशारण भइरहँदा नागरिकलाई सुरक्षाको अनुभुति र आत्मबल बढाउने उदेश्य सहित जापानी सुरक्षा निकायले आफ्नो हतियार र क्षमता देखाएको ठानिएको छ ।

यो पनि पढ्नुहोस्

जापानद्धारा क्षेप्यास्त्र खसेमा सुरक्षित रहने उपायबारे सूचना जारि (विस्तृतमा, सक्दो सेयर गरौं)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web