जापानी मोबाइल सेवा कम्पनीलाई ग्राहकलाई पर्याप्त जानकारी दिन निर्देशन

असार १०, २०७४ मा प्रकाशित | 1217 views

टोकियो ।

जापानका तीन ठूला मोबाइल कम्पनीहरुले ग्राहकलाई पर्याप्त जानकारी नदिएको तथा गुणस्तरमा गुनासो आएपछि जापानी संचार मन्त्रालयले यसबारेमा कडा कदम चाल्ने भएको छ ।

जापानमा धेरै सदस्य रहेको मोबाइल फोन सेवा कम्पनी सफ्ट बैंक, एनटिटी डोकोमो र एयु अर्थात केडिडिआइलाई ग्राहकलाई मोबाइल लगायत आफ्ना सेवा शुल्कको योजनाको बारेमा राम्रोसंग बुझाएर मात्र सदस्य बनाउन संचार मन्त्रालयले निर्देशन दिएको छ ।

जापानी सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार कम्पनीहरुका जापानभरी रहेका करिब ३०० वटा बिक्रि केन्द्रहरुमा गोप्य रुपमा गरेको सर्बेक्षणको आधारमा यस्तो निर्देशन दिइएको हो ।

समाचारमा उल्लेख भए अनुसार ग्राहकहरुलाई मोबाइलको २ बर्षिय करार सम्बन्धि जानकारी, करार रद्द शुल्क आदि बारे पर्याप्त जानकारी नगराउने गरेको पाइएको छ ।

सर्बेक्षण रिपोर्ट अनुसार २ बर्षिय करार रहेको अवस्थामा नबिकरण गर्नुपर्ने महिना बाहेकमा करार रद्द गर्दा ठूलो रकम रद्द गरेबापत तिर्नुपर्ने हुँदा कम्पनी र ग्राहक बिचमा समस्या देखिएपनि सुधारको प्रयास नगरेको पाइएको छ ।

जापानमा २ बर्षे भिषा अवधि भन्दा कम भएकाहरुलाई विभिन्न मोबाईल सेवा प्रयादयकहरुले आफ्ना सबै सेवा सुविधा उपलब्ध नगराउनुका साथै शुल्क समेत अध्यधिक आउने गरेको गुनासो रहँदै आउने गरेको छ ।

करिव ७० हजार नेपाली रहेको जापानमा मोबाइल सेवामा पछिल्लो समय नेपालीहरुपनि आवद्ध हुँदै आएका छन् । तथापी विभिन्न कम्पनी बिचमा मोबाइल फोन लिदाँ तथा परिवर्तन गर्दा लाग्ने शुल्क र लाभका बिषयमा प्रलोभन देखाएर कम्पनी परिवर्तन गराउने गरेको गुनासो र आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web