महेन्द्रनगर ।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले १० दिनका लागि जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आगामी १८ गतेसम्म जिल्लामा मदिरा उत्पादन, ओसारपसार, बिक्रीवितरण र सेवन गर्नेलाई कडा निगरानी गरी कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए ।

त्यस्तै निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै असार १२ गतेदेखि ४८ घण्टाका लागि नेपाल–भारत सिमानाका पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

निर्वाचनको समय नजिकिदै जादा कञ्चनपुरमा चुनावी प्रचारमा तिव्रता देखिएको छ । जिल्ला स्तर र केन्द्रस्तरका नेताहरु अहिले चुनावी प्रचार प्रसारमा सक्रिय देखिन्छन ।

नेपाली कांग्रेसका युवा नेता रमेश लेखक केही दिन यता महाकाली नगरपालीका र भिमदत्तनगरपालीका का वडाहरुमा चुनावी आमसभाहरु गराई रहेका छन। उहांले कृषि र पर्यटन क्षेत्रमा दुवै नगरपालीकालाई नमुनाका रुपमा विकास गर्ने वताउनु भएको छ ।

एमाले,माओवादी,राप्रपा लगाएतका दलहरु पनि घरदैलो अभियानमा लागेका छन । किसानहरु धान रोप्ने कार्यमा व्यस्त भएका समयमा नेताहरु पनि प्रचार गर्न खेतवारी मै जाने गरेका छन ।

17.37¡ÆC