सार्वजनिक संस्थान २० वटा नाफामा १४ घाटामा

जेष्ठ १४, २०७३ मा प्रकाशित | 960 views

१४ जेठ, काठमाडौं ।

आर्थिक वर्ष २०७१/७२ मा सार्वजनिक संस्थानको अवस्थामा सुधार आएको छ ।

सरकारले सार्वजनिक गरेको संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७३ अनुसार ३७ सार्वजनिक संस्थानमध्ये २० वटा नाफामा र १४ वटा नोक्सानीमा रहेका छन ।

शुक्रबार रेडियो नेपालसंग कुराकानी गर्दै अर्थमन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख एवं सहसचिव कृष्णप्रसाद देवकोटाले संस्थानहरुमा बन्द हड्ताल नहुदा प्रगति राम्रो देखिएको बताउनुभयो ।

सहसचिव देवकोटाले सार्वजनिक संस्थानको सुधारका लागि त्यहाँ कार्यरत कर्मचारी आफ्नो जिम्मेवारी प्रति प्रतिवद्ध हुनु पर्ने र नेतृत्व व्यवसायिक हुनु पर्ने उल्लेख गर्नुभयो ।

समिक्षा प्रतिवेदनका अनुसार संस्थान व्यवस्थापनमा मौजुदा स्रोत साधनको उच्चतम उपयोग हुन नसक्नु, कानुनी र नीतिगत एकरुपता एवम् प्रस्टता हुन नसक्नु, कर्मचारीको कार्यसम्पादनका आधारमा पुरस्कृत र दण्डित गर्न नसक्नु, पुरातन प्रविधिको प्रयोग कामय रहनु लगायतका चुनौती देखिएका
छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web