काठमाडौं ।

नेपाल राष्ट्र बैकले आगामी आर्थिक बर्षका लागि मौद्रिक नीति तर्जुमाको कामलाई तिब्रता दिएको जनाएको छ ।

यसै क्रममा नेपाल राष्ट्र बैकलले मंगलवार एक अन्तरकृया कार्यकमको आयोजना गरी मैद्रिक नीतिका वारेमा नीजि क्षेत्रको सुझाव संकलन गरेको छ ।

अन्तरकृया कार्यक्रममा बैकर्सहरुले बैकहरुले गर्ने लगानी तथा कारोवारको व्याजदरमा एकरुपता हुनु पर्ने, ग्रमिण क्षेत्रमा वित्तिय सेवाको पहूच पु¥याउनु सहुलियत दिनु पर्नेमा जोड दिनु भयो भने उद्योगीहरुले निर्यातका लागि प्रोत्साहनका कार्यक्रम ल्याउन र बढ्दो व्यापार घाटालाई कम गर्ने गरी आवश्यक व्यवस्था नीतिमा गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका गर्भनर डा चिरन्जीवी नेपालले नीजि तथा सरकारी सरोकारवाला निकायहरु संग छलफल तथा परामर्श गरी आगामी मौद्रिक नीति तर्जुमा गरिने बताउनु भयो ।

15.97¡ÆC