टोकियो ।

जापानमा रहेका बाबुराम भटटराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी समर्थक प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज 'आईएनएस' जापानले आफ्नो प्रथम महाधिवेशन यही जुन २५ तारिखमा गर्ने भएको छ ।

नेपालबाटै पार्टीको नेता बोलाएर राजधानी टोकियोमा महाधिवेशन गर्न लागिएको बताइएको छ ।

महाधिबेशन सम्पन्न गर्न पार्टीका संगठन बिभाग प्रमुख देवेन्द्र पौडेल, आंगिक संगठन बिभाग प्रमुख कुमार पौडेल र प्रवास प्रादेशिक परिषदका सहसंयोजक शंकर भण्डारी जापान आउने बताइएको छ ।

नयाँ शक्ति पार्टीका समर्थक तथा शुभचिन्तकहरुलाई आईएनएस जापानले आईतबारका दिन टोकियोमा हुने सो कार्यक्रममा उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।

17.16¡ÆC