सरकारमा भएको माओवादीबाट असुरक्षा भएको बताउने दुई नेपालीलाई जापानद्धारा देश फर्कन आदेश

असार ३, २०७४ मा प्रकाशित | 1661 views

टोकियो ।

सरकारमा रहेको माओवादीबाटै असुरक्षा भएको भन्दै शरणार्थीका रुपमा बस्न दिन अनुरोध गरेका दुई नेपालीलाई जापानले नेपाल फर्कन आदेश दिएको छ ।

जापानको कानुन मन्त्रालयले नेपालमा सुरक्षा अवस्थामा सुधार आएको बताउादै शरणार्थीका रुपमा बस्नुपर्ने अवस्था नहेको भन्दै नेपाल फर्कन आदेश दिएको हो ।

जापानी सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार माओवादीका कारण आफूहरु नेपालमा असुुरक्षित रहेको भन्दै शरणार्थीको रुपमा जापानमा बस्न दिन आवेदन दिएका दुई पुरुषलाई जापानले नेपाल फर्कन आदेश दिएको हो ।

यसअघि नागोया अदालतले शरणार्थीको मान्यता दिएपनि जापानी कानुन मन्त्रालयले शरणार्थी बस्न दिएको कारण अनुचित देखिएको जनाउँदै देश फर्कन निर्देशन दिएको यहाँको माईनिची अनलाइनले लेखेको छ ।

जापानी कानुन मन्त्रालयले वर्तमान अवस्थामा माओवादी सेना विघटन भइसकेको तथा नेपाल प्रहरीले अपराधीहरुलाई कारवाही गरिरहेको भन्दै असुरक्षाकै कारण जापानमा बस्नुपर्ने अवस्था नरहेको शरणार्थी आवेदन अस्विकृत हुनुको कारणमा जनाइएको छ ।

नागोया इमिग्रेशन मार्फत नेपाल फर्कन निर्देशन दिएको जापानी कानुन मन्त्रालयले ४० र ६० बर्षका ती दुई पुरुषको नाम भने खुलाएको छैन ।

जापानको आइचीकेनमा बस्दै आएका उनीहरुको निवेदन उपर सन् २०११ मै मरणार्थी मान्यताको आवेदन अस्विकृत गरेपनि पुनरावेदनपछि शरणर्थीको रुपमा मान्यता दिन सक्ने फैसला गरेको थियो ।

शरणार्थीको रुपमा अस्विकृत गरेपनि दुवै जनालाई १ बर्षको भिषा दिएर काम गर्ने समयावधि समेत नतोकीएको बताईएको छ ।

विद्यार्थी तथा कामको शिलशिलामा जापान आएका साथै भ्रमण तथा विभिन्न कार्यक्रमको लागि जापान आएका नेपालीहरुले समेत राम्रो आम्दानीकै कारण जापानमा शरणार्थीको रुपमा बस्नेक्रम बढीरहँदा जापानी कानुन मन्त्रालयबाट जारी यो निर्णयले नेपालीसँगै अन्यदेशका शरणार्थीका रुपमा बस्न चाहनेलाई समेत सचेत गराउने ठानिएको छ ।

स्मरणीय छ गत साता मात्र ७ जना नेपालीलाई अवैध रुपमा अमेरिका प्रवेश तथा बसोबास गरेकै कारण अमेरिकाले डिपोट गरेर नेपाल फर्काइदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web