एजेन्सी। प्रियंका चोपडा अमेरिकाबाट मुम्बई फर्किनुअघि उनले इन्स्टाग्राममा सेयर गरेको एक तस्विरलाई लिएर चर्चमा छिन्। चर्चाको कारण हो, कतै उनले नाकको सर्जरी त गरिनन् ?

यहि वर्षको फेब्रुअरीमा अमेरिकी च्या शो ‘द भ्यु’मा आफ्नो पर्सनल लाइफको बारेमा प्रियंकाले केही कुरा खोलेकी थिइन।

प्रियंका जब मिस वर्ल्ड भएकी थिइन त्यसपश्चात जब उनले एक्टिङ करिअर शुरुवात गरिन तब शरिरलाई लिएर उनी माथी केही प्रश्न तेर्स्याइएको थियो। उनी एक फिल्म निर्माताकोमा पुगेकी थिइन, तब उनको मजाक उडाइएको थियो। प्रियंकाले भनेकी थिइन, ‘ती निर्माताले मेरो नाक ठिक नभएको बताए, मेरो बडीको शेप राम्रो छैन भने।’

प्रिंयकाले त्यो शोमा आफ्नो नाक ओरिजिनल भएको बताएकी थिइन। प्रिंयकाले भनेकी थिइन, ‘मान्छेहरु सोच्छन् कि मैले नाकको सर्जरी गरेकी हुँ, तर यस्तो केही होइन।’ तर हालसालै उनले सेयर गरेको तस्विर हेर्दा भने केही फरक देखिएकाले प्रियंकाले नाकको सर्जरी गराएको हुनसक्ने आंकलन गरिएको हो। प्रियंकाको पछिल्लो हलिउड फिल्म ‘बेवाच’ हालै रिलिज भएको हो। साथै उनी अमेरिकी शो ‘क्वान्टिको’ को तेस्रो सिजनको लागि तयारी गर्दैछिन्। उनीसंग अहिले कुनै बलिउड फिल्म छैनन्।

18.08¡ÆC