फेरी भेटियो नक्कली नोट: यी हुन् नक्कली नोट छुट्टाउने ८ तरिका

असार १, २०७४ मा प्रकाशित | 1071 views

नक्कली नोटको कारोवार गर्ने गिरोह प्रकाउ परे पनि बजारमा नक्कली नोट  घटेका छैन । राजधानीको एक बैंकबाट रु एक लाख १ हजारका १०० वटा नोट झिक्दा एउटा नक्कली नोट भेटिएको हो ।

राजधानीको ठमेलमा बस्ने राजू महर्जन (गोपनियताको लागि नाम परिवर्तन) ले ग्लोबल आइएमइ बैंकको चेकबाट रु एक लाख नगद निकालेर नविल बैंकमा जम्मा गर्न जाँदा एउटा नोट नक्कली भएको पत्ता लागेको हो ।

१ लाख रुपैया झिक्दा १ हजार घाटा लागेको थाहा पाएपछि महर्जन तुरुन्तै आफूले ग्लोबल आइएमइ बैंक पुगेका थिए । तर बैंकका कर्मचारीले हाम्रो परिसर भन्दा बाहिर पुगिसकेकाले उक्त नोट आफूले लिन नमिल्ने बतापछि महर्जन खिन्न हुँदै फर्केका थिए । स्मरणीय कुरा त के छ भने बैंकहरुले आफ्नो काउन्टरबाट नगद लैजादा हरकिसिमले ठिक छ भन्ने एकिन भएपछि लैजानुहोला त्यसपछि बैंक जिम्मेवारी हुनेछैन भनेर सूचना टाँसेका हुन्छन् । सोही आधारमा बैंकका कर्मचारीले महर्जनलाई र्फिता पठाइदिए ।

कसरी चिन्ने त नक्कली नोट ?

नक्कली नोट चिन्ने सबैभन्दा सजिलो उपाए भनेको बैंकमा हुने फेक नोट डिटेक्टर मेसिन नै हो । उक्त मेसिनले नक्कली नोट सजिलैसँग पत्ता लगाउन सक्छ । तर आम सर्वसाधारणले नक्कली नोटको पहिचान गर्नको लागि हामीले एक सक्कली र एक नक्कली नोटको बारेमा विस्तृत अध्ययन गरेर तपाईहरुमाझ पस्केका छौं तस्विरसहित ।

१. लम्बाई चौडाई सानो ।

हामीसँग भएको एक हजारको नक्कली नोट र सक्कली नोटको लम्बाई नाप्दा । सक्कली नोटको लम्बाई १७.२ सेन्टिमिटर लामो थियो भने नक्कली नोटको लम्बाई मात्र १७ सेन्टिमिटर । त्यस्तै गरेर सक्कली नोटको चौडाई अर्थात उचाई ७ सेन्टिमिटर छ भने नक्कली नोटको उचाई ६ दशमलव ८ सेन्टिरमिटर मात्रै छ । दुईवटै नोटलाई तलमाथि खप्टाएर राख्ने हो भने नक्कली नोटको साईज अलिकति सानो भएको स्पष्टसँग देख्न सकिन्छ ।

२. हस्ताक्षरमा खोट ।

यो समाचार तयार पार्न हामीले नक्कली नोटमा हस्ताक्षर भएको गर्भनरकै सक्कली नोटसँग तुलना गरेका थियो । दुवै नोट तुलना गर्दा नक्कली नोटमा भएको हस्ताक्षरलाई नोटको बिचमा राखिने धागोले छोपेको थियो भने सक्कली नोटमा उक्त धागोमाथि नै हस्ताक्षर गरिएको थियो । र नियालेर हेर्दा सक्कली नोटमा हस्ताक्षर गरेको अक्षर अलिक गाढा बोल्ड देखिन्थ्यो भने नक्कली नोटमा भएको हस्ताक्षर अलिक मधुरो देखिन्थ्यो । अझ स्पष्ट हुनको लागि तलको तस्विर हेर्नुहोस् ।

३. छामेर थाहा हुने ।

सक्कली र नक्कली नोटको पहिचान गर्ने सबैभन्दा सहज र सरल उपाए भने दुवै नोटहरुलाई छाम्नु नै हो । दुवै नोटहरु औंलाले छाम्ने हो भने नक्कली नोट अलिक खस्रो खस्रो जस्तो अनुभव हुन्छ भने सक्कली नोटमा चिप्लोपनाको अनुभव हुन्छ ।

४. अक्षर मधुरो ।

नक्कली नोटमा छापिएको सबै अक्षरहरु सक्कली नोटमा जस्तो स्पष्ट छैनन् । सक्कली नोटमा अक्षर क्रिस्टल किलयर हुन्छन भने नक्कली नोटमा भएका अक्षहरु कलर फोटोकपि गरेजस्तै मधुरो देखिएका छन् ।

५. नक्कली नोटमा मिति नै छैन ।

नक्कली नोटमा गभर्नरको लेखिएको ठाउँभन्दा मुन्तिर उक्त नोट छापिएको साल नै राखिएको छैन भने सक्कली नोटमा उक्त नोट कति सालमा छापिएको हो भनेर मिति लेखिएको हुन्छ । यसमा अझ प्रष्ट हुन हामीले केही पुराना नोटहरुको पनि अध्ययन गरेका थियौं । हाम्रो अध्ययनको क्रममा २०६६ साल र २०७० साल लेखिएका र गर्भनर युवराज खतिवडाको हस्ताक्षर भएका थुप्रै नोटहरु फेला पारेका थियौं । त्यो भन्दा अगाडीका नोटहरुमा भने साल लेखिएको थिएन् । डुप्लिकेट नोट बनाउने व्यक्ति यस विषयमा भने चुकेका छन् । उनले गर्भनर युवराज खतिवडाकै हस्ताक्षर भएका नोटहरु बजारमा ल्याएका छन् तर गर्भनर लेखिएको ठाउँभन्दा तल नोट बनेको साल भने लेख्न छुटाएका छन् । माथि २ नम्बर बुँदामा राखिएको तस्विरले यस कुरालाई प्रमाणित गर्दछ ।

६. धागोमा पनि भेटियो खोट

नक्कली नोटमा प्रयोग गरिएको धागोले अक्षरहरु छोपेको छ । धागोको मुनि भएको अक्षरहरु देख्न सकिदैन । यसले अक्षरमात्र नभएर गर्भनर युवराज खतिवडाको हस्ताक्षर समेत छोपेको छ । सक्कली नोटमा भने धागोमाथि नै अक्षरहरु स्पष्टसँग पढ्न सकिन्छ । त्यतिमात्रै होइन नक्कली नोटमा भएको धागो पछि टाँसेको जस्तो देखिन्छ । औंलाको नङले जोकोहीले पनि उक्त धागो उप्काउन सक्छन् । जवकी सक्कली नोटमा राखिएको थागाो उप्किदैन र टाँसेको जस्तो देखिदैन । त्यस्तैगरी सक्कली नोटलाई लाईटको अगाडी राखेर हेर्नेहो भने धागाको बीचमा ल्च्द्य लेखेको प्रष्टसँग देखिन्छ । भने नक्कली नोटमा त्यस्तो केही देखिदैन । तलको तस्विरले यो प्रमाणित गर्दछ ।

७. हात्तिमा पनि चुके नक्कली नोट बनाउने महासय

सक्कली र नक्कली नोट पहिचान गर्ने सबैभन्दा सजिलो तरिका भनेको एक हजारको नोटमा प्रयोग गरिएको हात्ति हो । सक्कली नोटमा हात्तिको माथि अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक (NEPAL RASTRA BANK) लेखिएको हुन्छ भने नक्कली नोटमा केही लेखिएको हुँदैन । सो केही नलेखिएको ठाउँ मेट्नको लागि हात्तिको साइज पनि नक्कली नोटमा अलिक ठूलो छ । तलको तस्विर हेर्नुहोस् ।

८. धेरै जान्ने हुँदा चुके नक्कली नोट बनाउने महासय

रु एक हजारको नक्कली नोट बनाउने महासय धेरै जान्ने हुँदा चुकेका छन् । उनले एक हजारको नोटको हात्ति भएको दाहिनेपट्टि नेपाली अक्षरमा रुपैया एक हजार लेखिदिए । जबकी सक्कली नोटमा मात्र अंग्रेजीमा लेखेको हुन्छ । नेपाली अक्षर नै हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web