चूडामणि शर्माले २१ अर्ब घोटाला गरेको भेटियो, करका लुमध्वज महत र उमेश ढकाल पनि संलग्न !

जेष्ठ २९, २०७४ मा प्रकाशित | 1409 views

२९ जेठ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासँगको प्रारम्भिक वयानका क्रममा कम्तिमा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको पाइएको छ ।

अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानले यति ठूलो आर्थिक घोटला भएको देखाएको हो । अनुसन्धान सकिदासम्म यो अंकमा बृद्धि हुने आयोगले अनुमान गरेको छ ।

आयोगले अहिलेसम्म कर फछर्यौट आयोगले गरेका निर्णयका १ हजार ७८ फाइलमध्ये ८७ वटा फाइलको अनुसन्धान सकेको अख्तियार स्रोतले जनाएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ४० अर्ब ८३ करोड बढि कर फछर्यौटको निर्णय गर्दा राज्यकोषमा जानुपर्ने २१ अर्ब रुपैयाँ छुट दिएको देखिएको छ । यो राज्य कोषमा देखिनु पर्ने तर, नदेखिएको रकम हो । र, यसलाई नै शंकाको घेरामा राखेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।

कर टको सबै फाइल अध्ययन गरिसक्दा यो हिसाब थप बढ्न सक्ने अनुमान गरिएको छ । आयोग स्रोतका अनुसार यो प्रकरणका सबै फाइल अध्ययन गरी अनुसन्धान गर्न कम्तिमा एक महिना लाग्नेछ ।

एक उच्च अधिकारीले भने, ‘अहिलेसम्मकै सबैभन्दा ठूलो घोटाला र नौलो प्रकारको घटना हो यो । यसमा धेरै प्राविधिक जटिलताहरु पनि छन् । अनुसन्धान र मुद्दा प्रक्रियामा कठिनाई पनि छन् ।’

यसको सफल अनुसन्धानपछि यस्ता थप ठूला घोटलामा हात हाल्ने अख्तियारको दामबी छ ।

अध्यक्ष र सदस्यलाई पनि पत्र काट्यो

अख्तियारले कर फछर्यौट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकाललाई पनि आयोगमा हाजिर हुन पत्र काटेको छ । उनीहरुलाई तीन दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भन्दै आइतबार पत्र काटिएको हो ।

त्यस्तो पत्र उनका परिवारका सदस्यहरुले बुझेका छन् । कर फछ्र्यौट आयोगका अध्यक्ष महत उपचारका लागि भन्दै अहिले विदेशमा रहेको उनको परिवारले आयोगलाई जनाएको छ । आयोगका सदस्य ढकाल भने नेपालमै छन् ।

कर फछर्यौट गर्नका लागि गठित आयोगको सदस्य सचिवमा अध्यक्ष महतका विश्वासपात्र सहसचिव चुडामणी शर्मा थिए । शर्मा यसअघि सम्पत्ति शुद्धीकरणको प्रमुख पनि थिए ।

अख्तियारले उनीहरु सम्पर्कमा नआए पक्राउ गरेर पनि उनीहरुमाथि पनि अनुसन्धान थाल्ने बताएको छ ।

शर्माले आयोगलाई टेरेका थिएनन्

महालेखा परिक्षकको प्रतिवेदनले कर फछर्यौट आयोगले कर फर्र्छौटका नाममा आर्थिक हिनामिना गरेको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले चासो राखेको थियो । त्यस क्रममा अख्तियारले पटक/पटक शर्मासँग कर फर्र्छौटसँग सम्वन्धित फाइल मागेको थियो । तर, शर्माले अख्तियारलाई कुनै पनि कागजपत्र नदिएको र अन्य सदस्य र अध्यक्षलाई पनि त्यस्ता दस्तावेज नदिन दबाव दिएको खुलेको छ ।

अख्तियारले उनलाई पक्राउ गरेपछि मात्र अहिलेसम्म भर्खर ८७ वटा फाइलमात्र अख्तियारलाई बुझाएका छन् ।  अन्य फाइलको अनुसन्धान गर्नै बाँकी रहेको छ । शर्मा अहिले अख्तियारको हिरासतमा छन् ।

विरामीको अभिनय गर्दै शर्मा

शर्मा अहिले अख्तियारको हिरासतमा रहेका छन् । अख्तियारले उनीसँग सोमबार समेत गरी तीन पटक वयान लिइसकेको छ ।

पक्राउ परेदेखि नै उनले आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको भन्दै पटक/पटक अस्पताल जान चाहेको स्रोतले जनाएको छ । अख्तियार स्रोतले भन्यो, कुनै दिन त एकै दिन तीन पटकसम्म वीर अस्पताल लगियो ।’

वीर अस्पतालमा भएको स्वास्थ्य परिक्षणमा उनको स्वास्थ्य स्थिती सामान्य देखिएको थियो । तर, उनले आफूलाई गाह्रो भइरहेको बताएपछि नर्भिकमा लगेर पनि उपचार गरिएको थियो ।

अहिलेसम्मको स्वास्थ्य जाँचमा कुनै समस्या नदेखिएको अस्पतालले बताएको स्रोतले बताएको हो ।

यस्ता छन् शर्माका घोटला

सहसचिव शर्माले कर फछ्र्यौटका क्रममा अधिकाशं त्यस्ता करदाता कम्पनीहरुलाई ९९ प्रतिशतसम्म कर छुट गराएर राज्यलाई घाटा पारेको देखिएको छ । त्यस्तो रकम संलग्नहरुवीच बाँडफाँड भएको देखिएको हो ।

उनले मदिरा उत्पादक कम्पनीहरुलाई यस्तो छुट दिएका छन् । एक मदिरा कम्पनीले छुट माग गरेको रकम नै नखुलाई पटकपटक गरी छुट दिएको, मदिरा बनाउने कच्चा पदार्थ गोलमाल गरी लुकाएकोमा निर्धारण भएको कर पनि मिनाहा गरेको पाइएको छ ।

यतिसम्मकी एउटा मेशिन खरिद कम्पनीले कट्टा गर्नुपर्ने कर २६ लाख र कम्पनीको आयकर १ करोड २५ लाख रुपैयाँका लागि ३ लाख रुपैयाँमा सहमति गरी बाँकी रुपैँया मिनाह गरेको देखिएको छ । यसरी उनले राज्यले पाउनु पर्ने राजस्व रुपैयाँ मध्ये कम्तिमा ९९ प्रतिशतसम्म मिनाह गरेको पाइएको हो ।

यस्तै कर फ्छर्यौट आयोगले सफाई दिएको एउटा व्यापारिक र्फमले ४ अर्ब रुपैयाँ राजस्व तिर्नुपर्ने देखिएको थियो । आयोगले ४ करोड रुपैयाँ असुलेर अरु रकम मिनाह गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

पुष्प ढुंगानाले अनलाईन खवरमा लेख्नुभएको समाचार साभार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web