एनआरएन जापान महिला उपाध्यक्षमा सबिता एक्ली उम्मेद्धार !

जेष्ठ २८, २०७४ मा प्रकाशित | 6121 views

टोकियो ।

गैर आवसिय नेपाली संघ जापानको आगामी कार्यकालको लागि सरगर्मी बढी रहँदा महिला तर्फको उपाध्यक्षमा सबिता श्रेष्ठले आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

सन् २०१७ देखी १९ सम्मको लागि महिला तर्फको उपाध्यक्षमा आफुले उम्मेद्धारी घोषणा गरेको श्रेष्ठले बताउनुभयो ।

एनआरएन जापानको हालको कार्यसमितिमा समेत सदस्यका रुपमा रहनुभएकी श्रेष्ठले घरदेश देखी परदेश सम्म जोड्न आफुले उम्मेद्धारी दिएको टपनेपालन्युजडटकमसँगको कुराकानीमा बताउनुभयो ।

अहिलेको कार्यसमितिले सफल रुपमा आफ्नो कार्यकाल पुरा गर्दैछ श्रेष्ठले भन्नुभयो-'अबको दुई बर्षे कार्यकाल झनै चुनौतिपूर्ण छ किनभने जापानमा नेपालीहरुको संख्या बढेको छ भने नेपालीका समस्यापनि बढेका छन् यसलाई समाधान गर्दै सहयोग जुटाउँदै घरदेश देखी परदेशसम्म जोड्नुछ त्यसैले मैले यसमा काम गर्नसक्छु भनेर उपाध्यक्षमा उम्मेद्धारी घोषणा गरेको हुँ ।'

सन् २०१५ मा भएको एनआरएन जापानको चुनावमा समेत करिव ९ सय मत सहित दोस्रो बढी मत ल्याएर बिजयी हुनुभएकी सबिता श्रेष्ठले हालसम्म उपाध्यक्षमा आफुले मात्र उम्मेद्धारी घोषणा गरेको भन्दै सम्भवत अरुको उम्मेद्धारी नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

'केही साथिहरु उपाध्यक्षमा आकांक्षि देखिनु भएको त छ' नाम उल्लेख नगरी श्रेष्ठले भन्नुभयो-'सबैजनालाई जानकारी गराएर मैले उम्मेद्धारी दिएको हुँ उहाँहरुले सहयोग गर्छु भन्नुभएको छ ।'

'अबको एनआरएन जापान नेतृत्वले परदेशमा रहेका नेपालीका समस्यामा साथ र प्रगतिमा सहयोग गर्ने मात्र नभई आफ्नो देशको लागि समेत धेरै काम गर्नुपर्ने' भन्दै उपाध्यक्ष दावेदार श्रेष्ठले भन्नुभयो-'त्यहि भएर मैले घरदेश देखी परदेशसम्म काम गर्नुपर्नेमा जोड दिएको हुँ ।'

नेपाल पोखरामा एक विद्यालयमा व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेर जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति कोष खडा देखी, दोलखामा असहायमा परेका एक बृद्धबृद्धा दम्पत्तीलाई काठमाडौंसम्म ल्याएर उपचार गरेर घर फर्काउनुका साथै उनिहरुको दैनिकिको लागि समेत लाखौं रकम व्यक्तिगत सहयोग समेत गरेको आफ्ना केही काम सम्झंदै सविता श्रेष्ठले अबको नेतृत्व धेरै बोल्ने भन्दा कम बोल्ने धेरै काम गर्ने खालको हुनुपर्ने बताउनुभयो ।

एनआरएन तीज फेस्टिवलका रुपमा आगामी अगष्ट २४ तारिखका दिन देविका केसी लगायत कलाकारहरु ल्याएर तीज महोत्सव गर्न कस्सिनुभएका श्रेष्ठ भन्नुहुन्छ-'जापानमा रहेका नेपालीहरुको लागि आपतकालीन अवस्थामा सहयोग गर्न पाइयोस् र नेपालमा पनि केही गरौं भनेर नै सो कार्यक्रमबाट बचेको ७५ प्रतिशत रकम एनआरएन जापानको आपतकालिन राहत कोषमा र २५ प्रतिशत नेपालमा स्वास्थ्य शिविरमा खर्च गर्नेगरि काम गरिरहेको छु ।'

१३ बर्षदेखी जापानमा रहेपनि ७ बर्षदेखी व्यापारिक भिषामा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकी श्रेष्ठले भन्नुभयो-'सामाजिक सञ्जालमा कथाले मागेको भन्दै पद तोक्न थालिएको छ कथाले होइन पदले व्यक्ति माग्नुपर्यो सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्यो ।'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web