शेयर बजारमा यो साता १७.६४ प्रतिशतको वृद्धि

जेष्ठ २७, २०७४ मा प्रकाशित | 877 views

काठमाडौं ।

यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से सताको पहिलो दिनको तुलनामा २१.३८ अंकले बढेर अन्तिम दिन १६१५.१९ अंकमा पुगेको छ ।

यो साताको शेयर बजारको कारोवार पनि गत साताको भन्दा १७.६४ प्रतिशत बढेको छ ।

यो साता नेपाल नेपाल स्टक एक्सचेन्जमा विभिन्न १५९ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ३४ हजार २ सय ७४ कारोबारहरुबाट तीन अर्ब ३५ करोड सात लाख ११ हजार रुपैयाँ बराबरका ५९ लाख ४३ हजार १० कित्ता शेयर किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ बाणिज्य बैक, विकास बैक, जलविद्युत, बिमा र उतपादनमुलक समुहको कारोवारमा सुधार भएको छ भने वित्त र उत्पादनमुलक समूहको कारोबारमा सुधार भएको छ ।

यो साता कारोबार रकम र कारेवार संखयाको अधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ भने कारोबार भएको सेयर संख्याको आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web