डेढ सय बढी म्यादी प्रहरीद्धारा राजीनामा

जेष्ठ २७, २०७४ मा प्रकाशित | 784 views

रुकुम ।

रुकुममा डेढ सय बढी म्यादी प्रहरीले राजीनामा दिएका छन् । स्थानीय तहको पहिलो चरणको निर्बाचन सकिएसगै म्यादीहरु बिभिन्न समस्या देखाउदै धमाधम राजीनामा दिएका हुन ।

रुकुम जिल्लाका ६ वटा स्थानीयमा निर्बाचन सम्पन्न भएपनि ३ वटा स्थानीय तहमा अझै निर्बाचन हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय रुकुममा प्रहरी निरिक्षक थमनबहादुर रजाँलीले निर्बाचनका लागि भर्ति भएका मध्य १ सय ७८ जना म्यादी प्रहरीले राजीनामा दिईसकेका हुन ।

उनका अनुसार उनीहरुले विभिन्न व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन ।

‘कसैले विदेशका लागि भिसा आईसकेको भनेका छन, केहिले परिक्षाका आएको भनेका छन र केहीले खेतीपातीका लागि भन्दै राजीनामा दिएका छन’ उनले भने, ‘ब्यक्तिगत कामले केहि म्यादीहरुले छोडेको भएपनि आवश्यक भन्दा बढी नै शुरुमा भर्ति गरेका कारण सुरक्षामा कुनै समस्या हुदैन ।’ उनीहरुले सरकारले सरकारले तोके अनुसारको ५५ दिनको सेवा सुविधा लिएर बिदा भएका हुन ।

स्थानीय तहको चुनावका लागि जिल्लामा कुल ७ सय ८५ जना म्यादी प्रहरी भर्ति गरिएको थियो । बाँकी रहेका म्यादीहरुलाई दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका ३ स्थानीय तहमा खटाईदै छ ।

एउटा मतदान केन्द्रमा १५ जनाका दरले ३१ ओटा मतदान स्थलमा म्यादी प्रहरी खटाईने र बाँकी रहेकालाई सरमुकाम तथा निर्वाचन भइसकेका अन्य मुख्य ठाउँहरुको सुरक्षाका लागि खटाईएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web