<p>काठमाडौं । आजबाट मनसुन सुरु हुने र पूर्वी भेगका एकदुई ठाउँमा आज ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । देशका धेरै ठाउँमा हल्का र पूर्वी भेगमा भने ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् सुजन सुवेदीले बताउनुभयो ।</p><p>उहाँका अनुसार पूर्वबाट मनसुन भित्रने क्रममा रहेकाले त्यसक्षेत्रमा ठूलो पानी पर्ने अनुमान छ । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रन्छ । यो वर्ष गएका वर्षहरुमा भन्दा केही दिन अघि नै मनसुन भित्रने अनुमान गरिएको थियो ।</p><p>तर आवश्यकता अनुसारको जलवाष्पयुक्त हावा नेपालमा नआउँदा मनसुन घोषणा गर्न नसकिएको मौसमविद् सुवेदीले बताउनुभयो । उहाँका अनुसार शनिबार बेलुकासम्ममा मनसुन भित्रने संभावना छ ।</p><p>सामान्य अवस्थामा जुन १० मा मनसुन भित्रनु पर्ने भएपनि सन् २००९ देखि लगातार २–४ दिन ढिला गरी मनसुन भित्रिएको छ । </p>
20.98¡ÆC