जापानको होकाइडो बेस बलमा भक्तपुरका निश्चल केसी छनौट

जेष्ठ २६, २०७४ मा प्रकाशित | 1692 views

टोकियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले प्रशिक्षणका लागि छनोट गरेको छ ।

एकेडेमीले भक्तपुर बेसबल एण्ड सफ्टबल क्लब राईजिङ्ग स्टार्समा आवद्ध २० वर्षीय केसीलाई तीन महिने प्रशिक्षणका लागि छनोट गरेको हो ।

एकेडेमीले एसिया, अफ्रिका, युरोप र दक्षिण अमेरिकाबाट १० जना खेलाडी छनोट गरेकामा केसी १० जनाभित्र परेका हुन् ।

नेपालबाट केसीलाई छनोट गरिएको निर्णयलाई जापानको नेशनल बेसबल टिमले आफ्नो वेभसाइटमा प्राथमिकतासाथ स्थान दिएको छ ।

केसी प्रशिक्षणका लागि जुन महिनाको अन्तिममा जापान जाने भक्तपुर बेसबल एण्ड सफ्टबल क्लब राईजिङ्ग स्टार्सका अध्यक्ष रोशन थापाले जानकारी दिए ।

प्रशिक्षणपछि लिइने परीक्षामा उत्तीर्ण भए केसी अमेरिका र क्यानाडामा हुने इन्डिपेन्डेन्ट लिगमा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web