गोरखा ।

१२ सय मेगावाट क्षमताको बन्ने बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका प्रभावितलाई अहिलेसम्म १ अर्ब १९ करोड ३६ लाख मुआब्जा रकम बितरण गरिएको छ ।

गोरखाको घ्याल्चोक, भुम्लीचोक र दर्बुङ गाउँका प्रभावितलाई पहिलो चरणमा मुआब्जा रकम प्रभावितको बैंक खातामा पठाइएको मुआब्जा वितरण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।

आयोजना निर्माण गर्दा गोरखाका साबिक १४ र धादिङका १३ गाविस प्रत्यक्ष रुपमा प्रभावित बन्नेछन् ।

दुवैतर्फ गरी ३ हजार ५ सय घर विस्थापित हुने भएकाले उनीहरुलाई कहाँ पुर्नस्थापना गर्ने भन्ने अहिलेसम्म एकिन भएको छैन ।

17.16¡ÆC