काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग नेपालको भ्रमणमा रहनुभएका बंगलादेशका सेना प्रमुख जनरल अबु बेलाल मोहम्मद सफ्यूूल हकले आज छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ ।

सेना प्रमुख हकले राष्ट्रपतिसँग शीतल निवास र प्रधानमन्त्रीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिँहदरबारमा भेट गर्नुभएको हो ।

भेटका अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । भेटमा नेपालस्थित बङ्गलादेशका राजदूतको समेत उपस्थिति थियो ।

17.16¡ÆC