काठमाडौं ।

नवनिर्वा्चित प्रधानमन्त्री शेरबहादुर देउवाले आज सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा पदभारग्रहण गर्नुभएको छ ।

पदभारग्रहणसँगै प्रधानमन्त्री देउवाले अन्तरप्रदेश परिषद्को सचिवालय प्रधानमन्त्री कार्यालयमा स्थापना गर्ने प्रस्तावलाई स्वीकृति गर्नुभयो ।

नेपालको संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् गठन हुने उल्लेख छ ।

त्यस्तै, सम्पूर्ण सार्वजनिक क्षेत्रको सदाचार नीतिको मस्यौदा बनाई पेस गर्ने प्रस्तावमा प्रधानमन्त्री देउवाले हस्ताक्षर गर्नुभएको सरकारका मुख्य सचिव डा। सोमलाल सुवेदीले जानकारी दिनुभयो ।

18.16¡ÆC