निर्वार्चित हुन नपाउँदै देउवालाई मोदीको फोन, चिनियाँ दूतद्धारा निवासमा पुगेर बधाई

जेष्ठ २४, २०७४ मा प्रकाशित | 949 views

काठमाडौं ।

भारतीय योजनामै माओवादी केन्द्र र नेपाली काँग्रेस नेतृत्वको सरकार निर्माण तथा सत्ता हस्तान्तरण भएको भारतीय मिडियाहरुले लेखिरहँदा प्रधानमन्त्रीमा निर्वाचीत हुने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शेरबहादुर देउवालाई फोन गरेर बधाई दिएका छन् ।

नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता समेत रहेका देउवालाई मोदीले टेलिफोन गरेर सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेको देउवा निकट पत्रकार बद्री सिग्देलले जनाएका छन् ।

भारत भ्रमणको निम्तो समेत दिएका मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गरेको सिग्देलले बताएका छन् ।

जवाफमा नवनिर्वाचीत प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद दिएका थिए ।

त्यसैगरी मित्रराष्ट चीनका राजदूत यु होङले देउवा नेपालको प्रधानमन्त्रीमा निवार्चित भएको बधाई दिएका छन् ।

चिनियाँ राजदूत यु होङले साँझ देउवा निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा देउवालाई चिनियाँ सरकारका तर्फबाट शुभकामना व्यक्त गरेका हुन् ।

सो अवसरमा राजदूत होङलाई जवाफमा देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web