नेपालगञ्ज ।

करिब पाँच लाख घुससहित मालपोत कार्यालय बाँकेका दुई कर्मचारीलाई अख्तियारले पक्राउ गरेको छ ।

गएराती साढे ९ बजेतिर नेपालगञ्ज धम्बोझीस्थित एक रेष्टुरेन्टमा सेवाग्राहीसँग ४ लाख ९८ हजार घुस लिँदै गरेको अवस्थामा मालपोतमा कार्यरत खरिदार नरबहादुर सारु र लेखनदास सर्जु थापालाई अख्तियारले पक्राउ गरेको अख्तियार सम्पर्क कार्यालय कोहलपुरका सूचना अधिकारी निराजन शर्माले जानकारी दिनुभयो ।

जग्गा बिक्री प्रयोजनका लागि निर्णय प्रमाणित माग गरेका सेवाग्राहीलाई लामो समयदेखि काम रोकर मागेको घुसको रकम बुझ्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

मातपोतका कर्मचारीले कारकाँदोस्थित एक व्यक्तिको नाममा रहेको जग्गा प्रमाणित गर्न घुस मागेका थिए ।

20.28¡ÆC