गाउँपालिका अध्यक्षमा दाजुभाइ नै उम्मेदवार बनेपछि परिवार र आफन्त नै अन्योलमा

जेष्ठ २३, २०७४ मा प्रकाशित | 775 views

बैतडी ।

डिलाशैनी गाउँपालिकाको अध्यक्षमा दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । डिलाशैनी–१ का जञ्जाली रानाका जेठा छोरा कर्णबहादुर राना कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका छन् भने कान्छा छोरा लोकेन्द्र राना ‘शीतल’ माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका छन् ।

दाजुभाइबीच राम्रो सम्बन्ध छ तर राजनीतिक र वैचारिक रूपले भिन्न भएपछि राना दाजुभाइलाई कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार बनाएको हो । दुवै दाजुभाइले पार्टीका तर्फबाट गाउँमा राम्रो योगदान गरेकाले उम्मेदवार बनाएको उनीहरू आबद्ध पार्टीले जनाएका छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले पार्टीमा लामो समय क्रियाशील रहेको, पूर्वलडाकुसमेत भएको र गाउँमा इमानदार छवि भएका कारण लोकेन्द्रलाई गाउँपालिकाको अध्यक्षमा उठाएको बताए । यस्तै, कांग्रेस जिल्ला सभापति नरेन्द्र थापाले पनि कर्ण सक्षम रहेकाले जित्ने विश्वासका साथ अध्यक्षको उम्मेदवार बनाएको दाबी गरे ।

अन्योलमा परिवार र आफन्त

उम्मेदवारका ६८ वर्षीय बाबु जञ्जाली रानालाई भने करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि कुन छोरालाई भोट दिने भन्ने सकस भएको बताउँछन् । ‘मेरा दुइटै छोरा उम्मेदवार भए, दुवै छोराको बराबरी माया लाग्छ, तर भोट कसलाई दिने साह्रै समस्यामा छु,’ उनले भने, ‘भोट कसलाई दिने भनेर हामी घरपरिवार अलमलमा परेका छौँ ।’

राना घरपरिवारका अन्य सदस्य र आफन्तजनलाई यो चुनावमा भोट हाल्नका लागि निकै समस्या भएको छ । जञ्जालीका सात छोरामध्ये दुई छोरा उम्मेदवार बनेपछि अरू दाजुभाइलाई पनि भोट हाल्न समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web