राजधानीमा फेरि देखियो हैजाः यस्ता छन् कारण र सावधानीका सुझाव

जेष्ठ २३, २०७४ मा प्रकाशित | 734 views

काठमाडौं,जेठ २३ । १९९० सालको महाभूकम्पदेखि वर्षेनी राजधानीको विभिन्न भागमा निरन्तर हैजा देखिने क्रम यो वर्ष समेत जारी छ।ललितपुरमा यो मौसमको पहिलो हैजाका बिरामी देखिएको छ । स्थानीय सुभाष पोलिक्लिनिकले एक व्यक्तिको दिसाको नमुनाको परीक्षण प्रतिवेदनमा हैजा देखिएको जनाएको छ। स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा.गुणनिधि शर्माले ललितपुरका ती व्यक्तिको स्थानीय निजी प्रयोगशालाद्वारा गरिएको ‘कल्चर’ प्रतिवेदनमा हैजा देखिएको पुष्टि गरेको स्वीकार गरे।

‘यो घटनासँगै हामी संकास्पदहैजा को लागि सचेत छौं’, डा।शर्माले भने, ‘निजी प्रयोगशालाको प्रतिवेदनलाइ हामीले नमुना उपलब्ध नभएकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)को माध्यमले पुनः प्रमाणित गर्न सकेनौं।’

डा.शर्माको अनुसार १९९० को महाभूकम्प यता राजधानीमा वर्षेनि हेजा देखिने क्रम अझैसम्म जारी छ। उपत्यकामा वर्षेनि करिब यसै समय हैजा देखिएर सेप्टेम्वरको दोश्रो सातासम्म संक्रमण देखिइ राख्ने गरेको छ।

पानी वा खाद्य पदार्थमा संक्रमित व्यक्तिको दिसा मिसिदा यसले अन्य स्वस्थ व्यक्तिमा हैजा उत्पन्न गर्न सक्ने उल्लेख गर्दे शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरवहादुर पुन खानपानमा थप सतर्कता, स्वक्षता अपनाउन आग्रह गर्छन। हैजाबाट वचाउको उपाय हालको दशकमा समेत परिवर्तन भएको छैन । मुख्यतः शुद्ध खाना र खाने पानी, पर्याप्त सरसफाई नैरहेको छ । स्वास्थ्य शिक्षा र राम्रो खाद्य सुरक्षा पनि उत्तिकै महत्वपुर्ण रहेको डा.पुन बताउँछन्।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को अनुसार हैजा ‘भिब्रियो काँलेरी’नाउ गरेको ब्याक्टेरियाद्वारा आन्द्राको संक्रमणले गर्दा उत्पन्न हुने झाडा पखाला सम्वन्धि एक गम्भिर रोग हो।

संक्रमित आहार वा पानीले यसको जिवाणु शरिरमा प्रवेश गर्छ । यो तिव्र गतिले आन्द्रामा आक्रमण गर्छ । आन्द्राको कोशिकावाट बढी मात्रामा पानी निस्किन थाल्छ र चौलानी जस्तै दिसा हुन थाल्छ।

संक्रमण भएको २४ घन्टादेखि ५ दिन सम्ममा हैजाको लक्षण देखिन शुरु हुन्छ । एक पटक लक्षण प्रकट भए देखी ३ देखी ६ घन्टामा यसले घातक रुप लिन्छ । रक्तचाप कम हुन्छ र रोगी ‘शाँक’ को अवस्थामा जान्छ।

सन् २०१६ मा ८ जिल्लामा हैजा देखिएको थियो । जसमध्ये १५९ जनालाई हैसा भएको प्रयोगशालाबाट प्रमाणित भएको थियो । त्यसको अघिल्लो वर्ष यो संख्या ७६ थियो।

हरेक २० संक्रमितमध्ये करिब एक जनालाई यो गम्भीर रोग हुन्छ जसमा पानीजस्तै दिसा, बान्ता र खुट्टा काम्छ।यस्तो रोगीको शरीरवाट तरल पदार्थको तीव्रगतिले नोक्सान हुन्छ, जसले शरीरमा पानीको कमी र झड्का जस्तै लाग्छ।

डब्लुएचओको अनुसार सही उपचार नहँुदा शरीरमा पानीको कमी र मृगौला काम गर्न छाडेर केही घन्टा मै रोगीको मृत्यु हुन्छ।

डब्लुएचओको अनुसार करिव ७५ प्रतिशत हैजा संक्रमित व्यक्तिलाई भने कुनै लक्षण देखिदैन । जबकी उनीहरुको दिसामा भिव्रियो कलेरी जिवाणु भने ७ देखि १४ दिनसम्म रहने गरेको छ । र, यसले वातावरणसँगै अन्य स्वस्थ व्यक्तिलाई समेत संक्रमित गरिराखेको हुन्छ।

अन्य झाडा पखालाको रोग भन्दा हैजाले स्वस्थ वयस्कलाई केही घन्टामै मार्न सक्ने औंल्याउदै डा.पुनले रोग प्रतिरोधक क्षमता कम भएकाजस्तै कुपोषित बालवालिका, एचआईभी संक्रमित, अंग प्रत्यारोपण गराएका, दिर्घ रोगी लगायतकाहरु हैजाको संक्रमणमा परे मृत्यु हुने बढी सम्भावना रहेको बताउँछन्। कान्तिपुरमा यो खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web