एजेन्सी। २२ जनाको ज्यान जाने गरि म्यानचेस्टरमा भएको आत्मघाती आक्रमणको दुई साता नपुग्दै लन्डनमा फेरि आतंकवादी आक्रमण भएको छ । मेट्रोपोलिटन प्रहरीका अनुसार शनिबार मध्यरात लन्डनको केन्द्र लन्डन ब्रीज र बरो मार्केटमा गम्भीर प्रकृतिको आतंकवादी आक्रमण भएको हो । आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु र कयौं घाइते भएका बताइएपनि विस्तृत विवरण आउन बाँकी छ । प्रहरीको कारवाहीमा तीन जना आतंककारी मारिएका छन् ।

डेली मेलले पांच जना जिहादी आतंककारीले ‘यो अल्लाहका लागि’ भन्दै चिच्याएको जनाएको छ ।

बीबीसी संवाददाता होली जोन्सले लन्डन ब्रीजमा एउटा भ्यान करिब ५० माइलको गतिमा पैदल यात्रु माथि कुदाइएको देखेका थिए । करिब २० यात्रुमाथि सेतो भ्यान कुंदाइएको समाचारमा उल्लेख छ । लन्डनब्रीज नजिक रहेको बरो मार्केटस्थित पब र रेष्टुरेन्टमा समेत १२ इन्च लामो छुरा प्रहार गरिएको बेलायती सञ्चार माध्यमले जनाएका छन् । सप्ताहन्तमा बरो मार्केट अति व्यस्त रहने गर्छ ।

घट्नास्थलमा सशस्त्र प्रहरी, प्रतिआतंकवाद अधिकारी, एम्बुलेन्स र प्रहरीका गाडीको उल्लेख्य उपस्थिति छ । प्रहरीले लन्डन ब्रीज बन्द गरि सर्वसाधारणलाई घट्नास्थल वरपर नबस्न अपिल गरेको छ ।

घट्नाबारे प्रधानमन्त्री टेरेजा मे सचेत रहेको र उनले घट्नालाई सम्भावित आतंकवादी आक्रमणका रुपमा लिइएको जनाएकी छन् । विपक्षी लेबोर पार्टीका नेता जेरेमी कोर्बीनले घट्नालाई क्रुर र आश्चर्यचकित भनेका छन् ।

25.1¡ÆC