उत्तर कोरियामाथि राष्ट्रसङ्घको नयाँ प्रतिबन्ध, दबाव बढाउन जापानको आग्रह

जेष्ठ २०, २०७४ मा प्रकाशित | 1103 views

एजेन्सी ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिवन्धहरु लगाएको छ ।

सुरक्षा परिषदमा उत्तरमाथि थप कडा नाकाबन्दी लगाउन अमेरिका, दक्षिण कोरिया, जापान सहित पश्चिमा देशहरुको चर्को दबावका बिच राष्ट्रसङ्घले केही नाकाबन्धीहरु थप गरेको हो ।

उत्तर कोरियाले लगातार नयाँ खालका व्यालेस्टिक क्षेप्यास्त्रहरु परिक्षण गरिरहेको बेलामा उसमाथि लगाएको प्रतिवन्धको चीनले समेत अनुमोदन गरेको छ ।

क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तर कोरियाका शिर्ष नेतृत्व र व्यापारिमाथि अन्तरराष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति रोका गर्ने सहितको अमेरिका र चीनको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले शुक्रबार अनुमोदन गरेको हो ।

चीन र अमेरिकाको लामो समयदेखिको प्रयास र छलफलपनि सुरक्षा परिषद्ले नयाँ प्रतिवन्धको घोषणा गरेको हो ।

नयाँ प्रतिबन्धले उत्तर कोरियाका चारवटा कम्पनी र १३ जना व्यक्तिलाई छोएको छ ।

पारमाणविक र क्षेप्यास्त्र परीक्षण नगर्न राष्ट्रसङ्घ सहितका शक्ति राष्ट्रहरुले गरिरहेको अनुरोध र दबावलाई बेवास्ता गर्दै गत हप्तामात्र कोरियाले दुई क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ ।

यसैबिच जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियामाथि दबाव दिन संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा घोषणा गरिएका निर्णय लागु र नयाँ प्रतिवन्धहरु लगाउन आग्रह गरेका छन् ।

आवेले उत्तर बिरुद्ध संयुक्त राष्ट्र सुरक्षा परिषदले चाल्ने जुनसकै कदमको जापानले स्वागत र समर्थन गर्ने भन्दै उत्तर कोरियालाई दबाव दिन जापानले सबै देशहरुसँग मिलेर काम गर्न चालेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web