नागरिक उड्यान प्राधिकरणको जग्गा किर्ते गर्नेलाई २ बर्ष जेल र करिव १ करोड जरिवाना

जेष्ठ १९, २०७४ मा प्रकाशित | 935 views

भक्तपुर ।

भक्तपुर जिल्ला अदालतले नेपाल नागरिक उड्यान प्राधिकरणले अधिग्रहण गरेको जग्गा किर्ते गरि ठगि गर्ने १० जनालाई कारबाहीको फैसला सुनाएको छ ।

अदालतका न्यायाधिस श्रीकृष्ण भट्टराईको एकल ईजलासले आज १० जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको हो ।

अदालतले ठगि गर्ने कार्यका मुख्य दोषी अरुणकुमार पराजुली र उहाँको श्रीमति प्रतिभाञ्जली पोखरेललाई जनही दुई–दुई वर्ष कैद र रु. ४८–४८ लाख जरिवानाको फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिनुभयो ।

त्यसैगरि तेजकृष्ण श्रेष्ठलाई ६ महिना कैद रु. १ लाख २५ हजार जरिवाना, रामचन्द्र श्रेष्ठलाई ६ महिना कैद र रु. २ लाख ५० हजार जरिवाना, श्यामसुन्दर श्रेष्ठलाई ३ महिना कैद र रु. २ लाख ५० हजार जरिवानाको फैसला सुनाएको छ ।

त्यसैगरि सुवर्ण विष्टलाई ६ महिना कैद र रु. १५ हजार जरिवाना, भीमबहादुर खड्कालाई ६ महिना कैद र रु. २ हजार जरिवाना, मध्यपुरथिमि नगरपालिकाका वडा सचिव विजय कायस्थलाई ६ महिना कैद र रु. २ हजार जरिवाना, मालपोत कार्यालय भक्तपुरका कर्मचारी चन्द्रमणि पोखरेललाई ६ महिना कैद र रु. २ हजार जरिवाना, मालपोत कै अर्का कर्मचारी दिलिप अधिकारीलाई ६ महिना कैद र रु. २ हजार जरिवानाको फैसला सुनाएको हो ।

त्यसैगरि बैजनाथ चौधरीलाई ६ महिना कैद र २ हजार जरिवाना तथा उमाकान्त यादवलाई ६ महिना कैद र रु. २ हजार जरिवानाको फैसला सुनाएको छ । २०२९ सालमा तत्कालिन हवाई विभागले अन्तराष्ट्रियस्तरको रिसिभिङ्ग स्टेशन निर्माण गर्न अधिकरण गरेको जग्गा मध्ये साविक दिव्यश्वरी गाउँ पंचायत वडा नं. ८ (क) को कि.न.ं ४४२ र ४४४ को एक रोपनी १० आना जग्गा निजहरुले किर्ते गरि ठगि गरेको अदालतले ठहर गरेको छ ।

ठगि गर्ने गिरोहले मालपोत कार्यालय, अधिग्रहण गर्नुअघिका जग्गा धनीको मिलेमतोमा २०६८ सालमा जग्गा नामसारी गरि बैंकमा लगेर राख्ने तथा कारोबार गर्ने गरेको पाईए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ साल फागुन ६ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web