चितवन ।

बेचिनलागेका १२२ जना चेलीलाई चितवनबाट उद्धार भएको छ ।

पाँच महिनाको अबधीमा यसरी उनीहरुलाई बेचिनबाट जोगाईएको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिनुभयो ।

पुस महिनादेखि अहिलेसम्म उनीहरुलाई विभिन्न क्षेत्रबाट फर्काईएको उहाँको भनाई छ ।

पुस महिनामा १०, माघमा १७, फागुनमा १०, चैतमा १५ जना र वैशाखमा ७० जनालाई फकाईएको दवाडीले जानकारी दिनुभयो ।

माईती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले उनीहरुलाई माइती नेपालमा ल्याएर परामर्श दिएपछि घर पठाईएको जानकारी दिनुभयो ।

माइती नेपालले पछिल्लो पाँच महिनाको अबधीमा २२ जनालाई जोखिमबाट बचाएको, २७ जनालाई परिवारमा पुनर्मिलन गराईएको, ११ जनालाई उद्धार गरिएको तथा १४३ जनालाई बैदेशीक रोजगार सम्बन्धी परामर्श दिईएको जनाएको छ ।

17.17¡ÆC