भारतीय गाडीमा आएकाबाट गोली हानी उद्योगपती केडीयाको अपहरण

जेष्ठ १३, २०७३ मा प्रकाशित | 1278 views

१३ जेठ, बीरगञ्ज ।
वाराको वरियारपुरबाट वीरगंज आउदै गरेका केडिया अर्गनाईजेशन उद्योग समूहका सदस्य सुरेश केडियालाई आज सांझ अज्ञात समूहले वाराको पसाहा पुल नजिकैबाट अपहरण गरी अज्ञात स्थल तर्फ लिएर गएको छ ।

भारतीय स्कारपियोमा आएको अज्ञात समूहले केडिया सवार बा १० च ७२४० नम्बरको कार नियन्त्रणमा लिई चालकमाथि गोली प्रहार गरी सुरेश केडियालाई अपहरण गरी भारत तर्फ लिएर गएको स्थनियवासिन्दाले बताएका छन् ।

गोली प्रहारबाट घाइते भएका चालक पर्सा विन्दवासिनी वडा नं. २ निवासी उमेश प्रसाद साह कानु लाई प्रहरीले घटना स्थलबाट उपचारका लागि वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याई पुर्याएको र घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । घाइते कानुको कानमा गोली लागेको छ ।

वाराको ग्रामिण क्ष्ँेत्रका व्यापारीहरुसंग गहुं मकै खरिदका लागि वीरगंजबाट गएका केडियालाई अपहरण गरेर भारत तर्फ लिएर जाने क्रममा अपहरणकारीहरुले चलाएको स्कारपियोले वाराको मझरिया गाउंमा ठक्कर दिएर ३ वटा बाख्रा  मरेको समेत स्थानिय वासिन्दाले बताएका छन ।

घटना पछि अहिले वारा, पर्साको सम्पूर्ण क्षेत्रमा नाकाबन्दी गरी भारतीय सुरक्षाकर्मीलाई समेत परिचालन गरेर खोजतलास गरिएको अंचल प्रहरी कार्यालय नारायणी वीरगंजका प्रहरी वरिष्ठ उपरिक्षक नारायण सिंह खड्काले बताउनु भयो ।

अपहरित केडिया वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं केडिया अर्गनाईजेसका संचालक हिरालाल केडियाका जेठो छोरा हुनु हुन्छ । घटनापछि वीरगंजका उद्योगी व्यवसायि तथा स्थानियवासिन्दा समेत आतंकित  भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web