<p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: "Ek Mukta", sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51); text-align: justify;">काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा भएको घटनाबारे प्रतिक्रिया दिएका छन् । 
उनले भरतपुरमा भएको घटना लोकतन्त्रमाथिको अराजकता र प्रक्रियामाथिको षड्यन्त्र भएको दाबी गर्दै मतगणना रोकिएको स्थानबाट सुरु पुन हुनुपर्ने बताए ।
<p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: "Ek Mukta", sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51); text-align: justify;">नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका बडा नम्बर १९ मा पुन मतदान हुनुपर्ने माग गरिरहेको बेला ओलीले कुनै पनि हालतमा पुन निर्वाचन हुन नसक्ने बताएका हुन् ।
‘चितवनमा जे भयो त्यो लोकतन्त्रमाथिको अराजकता हो । विधि र प्रक्रियामाथिको षड्यन्त्र हो ’, सोमबार राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले भने, ‘ पुनः निर्वाचन कुनै पनि हालतमा एमालेले स्वीर्कादैन । यदी जबर्जस्ती गर्न खोजे त्यसको असर अन्यत्र पनि पर्छ ।’
<p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: "Ek Mukta", sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51); text-align: justify;">भरतपुर महानगरको मतगणनाका क्रममा गएराती एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच विवाद भएसँगै मतपत्र तानातान हुँदा केहि मतपत्र च्यातिएको बताइएको छ । सोहि विवादका कारण त्यहाँको मतगणना अनिश्चित बनेको छ ।
<p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: "Ek Mukta", sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51); text-align: justify;">मतपत्र च्यातिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको थियो ।
<p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: "Ek Mukta", sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51); text-align: justify;">मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराएका थिए ।
<p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: "Ek Mukta", sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51); text-align: justify;">मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा एवम् एमालेका गङ्गालाल लामा रहेका छन् ।
मतपत्र च्यातिएको बारे एमाले र माओवादी केन्द्रले एक अर्कालाई दोष देखाउँदै आएको छ ।
23.12¡ÆC