विमान दुर्घटनाको छानविन गर्न आयोग गठन

जेष्ठ १४, २०७४ मा प्रकाशित | 1184 views

काठमाडौं ।  विमान दुर्घटनाको छानविन गर्न ५ सदस्यीय आयोग गठन भएको छ ।  सोलुखुम्बुको तेन्जिङ् हिलारी लुक्ला विमानस्थलमा शनिबार दुर्घटना भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा ५ सदस्यीय गठन गरिएको हो ।

छानविन आयोगको सदस्यहरुमा सैनिक हवाई महानिर्देशनालयका क्याप्टेन महासेनानी आशिष गुरुङ, तारा एयर प्राली का बरिष्ट क्याप्टेन बोधराज निरौला, मनाङ् एयर प्रा।ली।का बरिष्ट ईन्जिनियर दिगम्बर राजभण्डारी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् ।

छानविन आयोगले विष्तृत छानविन गरी ९० दिन भित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्ने छ ।  दुर्घटना सम्बन्धी छानविन गर्न आइसिसए को एनेक्स १३ एक्सिडेन्ट इन्भेस्टिगेशनमा रहेको व्यवस्था तथा गैर सैनिक हवाई दुर्घटना जाँच नियमावली, २०७१ अनुसार आयोग गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा गोमा एयरको ९ एन एकेवाई लेट ४१० विमान शनिबार दुर्घटना भएको थियो । दुर्घटनामा क्याप्टेन पारस कुमार राई र सहचालक श्रीजन मानन्धरको मृत्यु भएको थियो भने परिचारिका प्रज्ञा महर्जनको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web