नुवाकोटको थानसिंहदेखि टोखा सम्म सुरुङमार्ग बन्दै

जेष्ठ १४, २०७४ मा प्रकाशित | 10227 views

काठमाडौं ।

काठमाडौं र चीनसँगको छोटो दुरीका रुपमा हेरिएको रसुवागढी नाकाको लागि काठमाडौँको टोखाबाट नुवाकोटको थानसिं गाविससम्म सुरुङमार्ग बन्ने काम अघि बढ्ने भएको छ ।

राजधानीलाई कम समय र दूरीमा चीनको सिमानासँग जोड्ने उद्देश्यसहित राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण गरिने तयारी अघि बढाइएको छ ।

सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गरिने तयारी भइरहेको जानकारी बताएका छन् ।

श्रेष्ठका अनुसार काठमाडौँं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी अघि बढेको हो ।

सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य पूरा भइसकेको महाशाखा प्रमुख श्रेष्ठको भनाई छ । अध्ययनले सो सुरुङमार्गको निर्माण सम्भव रहेको देखाएपछि निर्माणको काम अघिबढाउने तयारी थालिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित त्यस सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गरेको थियो । सडक विभागले अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइसकेको जानकारी श्रेष्ठले दिए । अध्ययन अनुसार शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सो सुरुङमार्गको निर्माण गरिनेछ ।

टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म जम्मा चार किलोमिटर रहेको सो सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क 'एआईआईबी' लाई प्रस्ताव पेस गरिसकेको छ । प्रस्ताव अनुसार कुल रकम २७ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

सरकारले आफ्नै लगानीमा सो सुरुङमार्गको निर्माण गर्नेबारेपनि मन्त्रालयस्तरीय छलफल भइरहेको छ ।

सो सुरुङमार्गको निर्माणपछि साढे दुई घन्टामै राजधानीदेखि चीनको सिमाना केरुङसम्म पुग्न सकिनेछ । उहाँका अनुसार यो सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादेले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कले सो सुरुङमार्ग निर्माणका लागि ऋण सहयोग गर्न तयार भएमा छिट्टै नै निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना 'सन् २००२–२२' अन्तर्गत मुलुकका विभिन्न भागमा सडक निर्माण गरिरहेको छ । बीसवर्षे यो दीर्घकालीन सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य लिएको छ ।

सुरुङमार्ग निर्माण भएमा काठमाडौंबाट नुवाकोटको थानसिंफाट हालको लिखु गाउँपालिका बढीमा ३० मिनेटमा पुग्न सकिने छ भने सदरमुकाम बिदुर करिव १ घण्टा र रसुवागढी नाका २ घण्टाको दुरीमा पर्नेछ ।

हाल काठमाडौंदेखी रसुवागढी नाका पुग्न सामान्यतया ७ घण्टा बढी समय लाग्नेगर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web