प्रधानमन्त्रीको प्रस्ताव : प्याकेजमै सहमति खोज्न

जेष्ठ १४, २०७४ मा प्रकाशित | 701 views

काठमाडौं । दोस्रो चरणको निर्वाचनको सुनिश्चितताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्नुपर्ने विषयमा अडान राखेपछि शनिबार बालुवाटारमा भएको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्रीले प्याकेजमै सहमति खोज्नुपर्ने प्रस्ताव गरेका हुन् ।

राजपालाई पनि मनाएर दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन प्रमुख तीन दलले अन्तिम प्रयास गरिरहेका छन् । शनिबार साँझ झन्डै पाँच घन्टा चलेको सामूहिक र छुट्टाछुट्टै छलफलमा शीर्ष नेताहरूले राजपा नेताहरूलाई मनाउन विभिन्न विकल्पमा छलफल गरेका थिए । ‘प्रधानमन्त्रीले पनि मोर्चालाई निर्वाचनमा ल्याउन संविधान संशोधन, स्थानीय तहको संख्याको विषयमा प्याकेजमै सहमति गरेर जाउँ भन्ने प्रस्ताव गर्नुभएको छ,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले नयाँ पत्रिकासँग भने, ‘भोलि एकपटक बसेर केही न केही निकास निकाल्ने गरी छलफल गर्ने भन्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web