बदरमत बढेपछि आयोगले मतदाता शिक्षा अझ प्रभावकारी बनाउने

जेष्ठ १३, २०७४ मा प्रकाशित | 795 views

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई अझै प्रभावकारी बनाउने भएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आयोगले दोस्रो निर्वाचनमा नमूना मतपत्रबाट मतदान गर्न सिकाउनुका साथै मतदान केन्द्रहरुमा सक्कली मतपत्रका आधारमा मतदान चिन्हका बारेमा जानकारी दिने व्यवस्था समेत गरिने आयोगका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनलाई लक्षित गरेर मुलुकका ११ हजार ९३१ मतदान केन्द्रमा नमूना मतपत्रको आधारमा नमूना मतदानका अतिरिक्त मतदानमा सहभागी हुन प्रेरित गर्ने सडक नाटक समेत सञ्चालन गर्ने जनाएको छ ।

निर्वाचनमा सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन आयोगले आम सञ्चार माध्यम मार्फत मतदाता शिक्षालाई घनीभूत बनाउनुका साथै राजनीतिक दल र अन्य सरोकार पक्षलाई समेत मतदाता शिक्षामा जोड दिन आग्रह गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा आयोगले अवधी, भोजपुरी, लिम्बुजस्ता स्थानीय भाषामा निर्वाचन कार्यक्रम सञ्चालन गर्नुका साथै महिला, दलित र अल्पसंख्यक समुदायलाई लक्षित गरेर पनि मतदाता शिक्षा अघि बढाइने जनाएको छ ।

दोस्रो चरणको निर्वाचनको लागि यही जेठ २८, २९ र ३० गते सम्बन्धित मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गरिने र मतदाता परिचयपत्र लिनका लागि मतदाताले नागरिकता वा अन्य परिचयपत्र लिएर सम्बन्धित मतदान  केन्द्रमा जानुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भय तुल्याउन आयोगले विभिन्न तहमा अनुगमनका साथै सूक्ष्म अनुगमनकर्ता समेत परिचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web