चितवन ।

चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनाको पछिल्लो मत परिणामअनुसार प्रमुख पदमा नेकपा एमालेका उमेदवार देवीप्रसाल ज्ञवाली ले ३८ हजार ५३७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी माओवादी केन्द्रकी उमेदवार रेणु दाहालले ३७ हजार १३७ मतका साथ ज्ञवालीलाई पछ्याई रहनुभएको छ ।

उपप्रमुखमा नेपाली काँग्रेसकी उमेदवार पार्वती शाहले ४० हजार ९७६ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी दिव्या आचार्यले ३५ हजार २४२ मत पाप्त गर्नुभएको छ ।

भक्तपुरमा एमाले अगाडि

जारी मतगणनाको पछिल्लो मत परिणामअनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखमा नेकपा एमालेका सोम मिश्रले ३ हजार ९६५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली काँग्रेसका राजाराम खड्काले ३ हजार ८२२ मतका साथ पछ्याई रहनुभएको छ ।

दुई महानपामा मतगणना जारी

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत अहिले दुईवटा महानगरपालिका र एउटा नगरपालिकाको मतगणना जारी छ ।

प्राप्त पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६१, ८५२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेपाली काँग्रेसका उमेदवार राजुराज जोशीले ४३, ३५८, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२, ४४७ मत र साझा पार्टीका किशोर थापाले १७, ९७२ मत प्राप्त गर्नुभइको छ ।

15.75¡ÆC