लुक्लामा गोमा एयरको विमान दुर्घटना, पाइलटको मृत्यू

जेष्ठ १३, २०७४ मा प्रकाशित | 976 views

सोलुखुम्बु ।

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा गोमा एयरको विमान अवतरणका क्रममा शनिबार दिउँसो २ बजेर ४ मिनेट जाँदा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विमान चालक पारस राईको स्थानीय पासाङ ल्हामू निकोलनिकी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको छ ।

नाइन एन।ए।के।वाई। कल साइन भएको विमान कार्गो लिएर लुक्ला गएको थियो ।

घाइते सहचालक सिर्जन मानन्धरको अवस्था पनि गम्भीर रहेको र घाइते परिचारिका प्रज्ञा महर्जनलाई काठमाडौं ल्याउने तयारी गरेपनि  मौसम खराबीका कारण हेलिकप्टरले उडान गर्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाको धावनमार्ग छोटो भएको र अवतरणका क्रममा हावा समेत भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web