काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २९८ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद् गठनका लागि व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आज आह्वान गर्नुभएको छ ।

राष्ट्रपतिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

20.33¡ÆC