बीरगञ्ज ।

अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीले आज पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देवलाई सेवाग्राहीसँग घुुस लिई रहेको अवस्थामा पक्राउ गरेको छ ।

आयोगको केन्द्रिय टोलिले जिल्ला शिक्षा अधिकारी तिवारी र इन्जिनियर नवलकिशोरलाई शिक्षा कार्यालयमा सेवाग्राही सँग ७० हजार घुस लिई रहेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रवक्ता जिवराज कोइरालाले जानकारी दिनुभयो ।

पर्साको पकाहामैनपुर गाउँपालिका २ मानीपुरमा रहेको नेपाल राष्ट्रिय प्राविको विद्यालय भवन निर्माणका लागि बिनियोजित १९ लाख रुपैयाँ निकासाका लागी घुस लिदै गर्दा अख्तियारको टोलिले जिल्ला शिक्षा अधिकारी तिवारी र इन्जिनियर देवलाई रंगेहात पक्राउ गरेको प्रवक्ता कोइरालाले बताउनु भयो ।

15.75¡ÆC