निर्वाचन आयोगले भन्यो-‘स्थानिय तह थपिए जेठ ३१ मा निर्वाचन संभव छैन’

जेष्ठ ११, २०७४ मा प्रकाशित | 846 views

काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार दोस्रो चरणमा निर्वाचन हुन बाँकी ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गतेनै निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन सरकारसँग पुनः आग्रह गरेको छ ।

आयोगको आज बसेको बैठकले सरकारले सोमबार थप गरेको स्थानीय तहमा जेठ ३१ गते निर्वाचन हुन प्राविधिकरुपले संभव नहुने भएकाले आयोगले राजपत्रमा प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार जेठ ३१ मा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेको हो ।

परिवर्तित गाउँपालिका र नगरपालिकाको वडागत तथा मतदानकेन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली जेठ १५ गतेसम्म सबै केन्द्रमा पु¥याउन पर्ने र मतदाताको परिवर्तित ठेगाना अनुसार मतदाता परिचयपत्र छपाई गरी जेठ २७ गते सम्ममा सम्बन्धित मतदान केन्द्रमा पु¥याउनु पर्नेमा थप गरिएका स्थानीय तहमा जेठ १५ गतेसम्म आवश्यक सामग्री पु¥याउन प्राविधिकरूपले संभव नहुने आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web