‘भ्रममा नपर्नुस् दोस्रो चरणको स्थानिय निर्वाचन जेठ ३१ मै हुन्छ’-प्रमुख निर्वाचन आयुत्त

जेष्ठ ११, २०७४ मा प्रकाशित | 802 views

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग दृढताका साथ अघि बढिरहेको बताउनुभएको छ ।

स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँग आज भएको छलफल कार्यक्रममा प्रमुख आयुक्त डा. यादवले कहि कतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा  सम्पन्न गर्न आयोग अघि बढिरहेको बताउनुभयो ।

प्रमुख आयुक्त डा. यादवले अघिल्लो निर्वाचनबाट पाठ सिक्दै पहिलो चरणको भन्दा अवको निर्वाचन अझ राम्रो गर्न सकियोस् भन्नेमा आयोग सजग र सचेत रहेको उल्लेख गर्नुभयो ।

पहिलो चरणको निर्वाचन निकै शान्तिपूर्ण र व्यवस्थित रुपमा भएको दावी गर्दै प्रमुख आयुक्त डा. यादवले निर्वाचनमा अनुगमनकर्ताले खेलेको भूमिकाको प्रशंसागर्नुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले  निर्वाचनमा आचार संहितको अनुगमन र निर्वाचन व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेका अनुगमन कर्ताले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न सुधारको सम्भावना पहिल्याउने गरी सुझाव प्रस्तुत गर्न निर्देशन दिनुभयो ।

आयोगले पहिलो चरणको निर्वाचनमा सरकारका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतलाई अनुगमन र सुक्ष्म अनुगमन कर्ताको भूमिकामा विभिन्न जिल्लामा खटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web