काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले सरकारले संविधान विपरीत स्थानीय तहको सङ्ख्या वृद्धि गरेको भन्दै विरोध जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले निर्वाचनको बीचमा संविधान विपरीत स्थानीय तहको सङ्ख्या वृद्धि गरिएको आरोप लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको कुन धारा वा दफा प्रयोग गरी स्थानीय तहको सङ्ख्या थपिएको हो भनी प्रश्न गर्नुभयो ।

विगतमा आफ्नो दलले विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने प्रस्ताव गर्दा अन्य दलले नमानेको स्मरण गराउँदै अध्यक्ष ओलीले एमालेले हार्ने गरी स्थानीय तह थप गरिएको आरोप लगाउनुभयो ।

निर्वाचनका बीचमा यही जेठ १५ मा ल्याइने बजेटमा कुनै नयाँ कार्यक्रम ल्याउन नहुने र करको दायरामा फेरबदल गर्न हुँदैन भन्दै उहाँले सबैलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभयो ।

बैठकपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैलाई सहभागी गराउन संविधान र राजनीतिक सहमतिका आधारमा स्थानीय तहको सङ्ख्या थप गरिएको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय गच्छदार र कृष्णबहादुर महरा, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा रामशरण महत, एमाले अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, उपमहासचिव विष्णुप्रसाद पौडेललगायत उपस्थित हुनुहुन्थ्यो ।

थपिएको संख्या फिर्ता लिएर निर्वाचन गराउन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले थपेको स्थानीय तहको संख्या तत्काल फिर्ता लिएर दोस्रो चरणको निर्वाचन गराउन आग्रह गर्नुभएको छ ।

आज काठमाण्डौमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष ओलीले पूर्वनिर्धारित स्थानीय तहको संख्याका आधारमा निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारी गरिसकेको र हिजो मात्र २२ स्थानीय तह थप गरिएको कारण आयोगले तयारी नपुग्ने बताएको भन्दै थपिएको संख्या फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले, निर्वाचनको मुखमा स्थानीय तहको संख्या थपेर सरकारले चुनाव नगराउने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले निर्वाचन जारी रहेको, नीति तथा कार्यक्रम र बजेट आउन लागेको बेला प्रधानमन्त्रीले राजीनामा गर्न खोजेर मुलुकलाई अस्तव्यस्त बनाउन खोजिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचनमा हिंसा र बुथ कब्जा गरेको भन्दै घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग पनि गर्नुभयो ।

19.28¡ÆC