तराईमा निर्वाचन लाग्यो, मोरङमा निर्वाचन तयारी तिब्र

जेष्ठ ९, २०७४ मा प्रकाशित | 850 views

बिराटनगर ।

जेठ– ३१ गते हुन लागेको दोश्रो चरणको स्थानियतह निर्वाचनलाई लक्षितगर्दे निर्वाचन तथा व्यवस्थापन सम्वन्धि तालिम विराटनगरमा आज शुरु भएको छ ।

निर्वाचन आयोगले आयोजना गरेको  एक दिने तालीममा प्रदेश नम्वर –१ र २ का १६ वटा जिल्लाका ६२ जना जिल्ला निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन अधिकारीहरुको सहभागिता रहेको छ ।

निर्वाचनलाई व्यवस्थित एंव प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको हो । तालिमको मोरङ जिल्लाका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वोल्दै मुख्य निर्वाचन अधिकृत पोखरेलले दोश्रो चरणको  स्थानिय तहको निर्वाचनमा सवैको सहभागिताका साथ  सफल बनाउन सवै  लाग्नुपर्ने वताउनुभयो ।

क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले  मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनका साथै मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ ।

मुलकमा सवैभन्दा वढी मतदाता रहेको मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउपालिकामा तिनसय मतदान स्थल र ६ सय ६९ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web