स्थानीय तह थपको निर्णयले आयोगलाई अप्ठ्यारो

<p>काठमाडौं,जेठ ९ । &nbsp;सरकारले तराईका १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णय गरेको छ । सरकारले निर्वाचनको मुखमा स्थानीय तह थप गर्ने निर्णय गर्दा निर्वाचन आयोगको चुनावी तयारीमा असर परेको छ ।<br></p><p>आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या थप्दा काम गर्न निकै गाह्रो हुने बताए । उनले १९ जेठभित्र मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्न कठिन हुने बताए । ‘स्थानीय तह संख्या थप्दा मतदाता नामावलीलाई अन्तिम रुप दिन १२ देखि १५ दिन लाग्छ,’ उनले भने, ‘१९ जेठमा उम्मेदवार मनोनय दर्ता गर्नुपर्ने दिन तोकिएको छ, त्यसले आयोग दबाबमा हुन्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।</p>

प्रतिक्रिया

TOP