यस्तो छ दोस्रो चरण स्थानिय निर्वाचन सुरक्षा व्यवस्थाको तयारी

जेष्ठ ६, २०७४ मा प्रकाशित | 1564 views

काठमाडौं ।

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।

उच्चस्तरिय सुरक्षा समितिको आज निर्वाचन आयोगमा बसेको बैठकपछि निर्वाचन आयुक्त सुधीरकुमार शाहले राजनीतिक दलका कार्यकर्ता र समर्थकलाई नियन्त्रित भएर क्रियाकलाप गर्न  निर्देशन होस भन्नाका लागि शीर्ष नेताहरुसँग परामर्श समेत  गर्न लागिएको जानकारी दिनुभयो ।

बैठकले निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था हँुदाहुँदै पनि पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको द्वन्द्व र मुठभेडले दोलखा  लगायतका जिल्लामा अनपेक्षितरुपमा घटना भएपछि आयोगले थप सजगता अपनाउन राजनीतिक दललाई आग्रह गरेको निर्वाचन आयुक्त सुधिरकुमार शाहले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले दोस्रो चरणको निर्वाचनको लागि तयार गरेको सुरक्षा योजनामा आवश्यक रणनीतिगत परिमार्जन र थप कार्ययोजना बनाई आगामी वैठकमा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web