काठमाडौं ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि भोलि शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु सञ्चालनमा आउने भएका छन ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जेठ १५ गतेदेखि निर्वाचन अधिकृतका कार्यालयहरु समेत सञ्चालनमा आउने बताउनुभयो ।

दोश्रो चरणमा जेठ ३१ गते ४३ जिल्लाका १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ वटा गाउँपालिकामा निर्वाचन हुने छ ।

निर्वाचन कार्यक्रम अनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने छ ।

दोश्रो चरणको निर्वाचनमा ९० लाख ९७ हजार ५ सय ५७ जना मतदाता रहेका छन भने मतदानका लागि ११ हजार ९ सय ३१ वटा मतदान केन्द्र कायम गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर १, २, ५ र ७ का चार प्रदेशमा हुने निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा निर्वाचन हुन लागेको हो ।

16.08¡ÆC